Skin_Hospital_Dhn

पाकिस्तानी मस्जिदमा आक्रमण हुँदा ५९ जनाको मृत्यु, १५७ भन्दा बढी घाइते

पाकिस्तानी मस्जिदमा आक्रमण हुँदा कम्तीमा ५९ जनाको मृत्यु भएको छ।

पाकिस्तानको पेशावर शहरमा भएको विस्फोटमा परेर कम्तीमा ५९ जनाको मृत्यु भएको छ भने १५७ भन्दा बढी मानिस घाइते भएका छन्।

घटनास्थलमा तीन सयदेखि चार सयको बीचमा प्रहरी रहेकाले प्रहरी लक्षित आक्रमण भएको हुनसक्ने अस्पताललाई उदृत गर्दै बिबिसीले जनाएको छ।

अहिलेसम्म आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन। तर पाकिस्तानी तालिवानले आक्रमण गरेको अनुमान गरिएको छ।

घटनाको विरोध गर्दै प्रधानमन्त्री शहबाज शरीफले आक्रमणकारीले देशको सुरक्षाकर्मीमाथि आक्रमण गरेर डरलाग्दो माहौल सिर्जना गर्न खोजेको दाबी गरेका छन् । ‘आक्रमणको इस्लामसँग कुनै सम्बन्ध छैन ।’उनले थपे‍,’आतङ्कवादको खतराविरुद्ध सम्पूर्ण राष्ट्र एकजुट छ।’

सम्बन्धित
Loading...