शनिबार लुगा धुन घरबाट निस्केका एक युवक चार दिनदेखि बेपत्ता

बैतडी ।
बैतडीमा एक युवक बेपत्ता भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–३ बरक्वालीका केशव नाथका २० वर्षीय छोरा वीरेन्द्र नाथ रहेका छन् ।

Gaurishankar Dental

विरेन्द्र चार दिनदेखि सम्पर्कविहीन भएको उनका बुवा केशवले बताए । शनिबार लुगा धुन घरबाट निस्केका उनी अहिलेसम्म कसैको सम्पर्कमा आएका छैनन् ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

वीरेन्द्रको खोजीका लागि प्रहरीमा जानकारी गराइएको छ । उनलाई भेट्टाउने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६५८६८७२७ मा सम्पर्क गरिदिन वीरेन्द्रका बुवा केशवको आग्रह छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...