
धनगढी ।
बागमारामा बन्चरो प्रहार गरी एक युवकले आफ्नै आमाको हत्या गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका ६ बागमारामा बस्ने ४० वर्षीय श्रीराम थारुले आफ्नै आमा ७१ वर्षीया लगनी थारुलाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

बन्चरो प्रहारबाट सख्त घाइते भएकी लगनीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

प्रहरीका अनुसार आमाले वृद्धभत्ताको रकम नदिएपछि छोरा श्रीरामले बञ्चरोले ढाड र खुट्टामा प्रहार गरेर फरार भएका थिए ।
घटनापछि प्रहरीले श्रीरामको खोजी गर्दा स्थानीय देउराली सामुदायिक वनमा फेला पारेर उनलाई पक्राउ गरिएको प्रवक्ता जोशीले बताए । अनुसन्धानको क्रममा आरोपित श्रीरामले प्रहरीसमक्ष आफूले आमालाई आक्रमण गरेको कबुल गरेका छन् ।
