नाबालिकासँग यौन शोषणमा संलग्न रहेको आरोपमा अनाथालयका प्रमुख चन्द पक्राउ

कञ्चनपुर ।
नाबालिकासँग यौन शोषणमा संलग्न रहेको भन्दै अनाथलयका प्रमुख शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ।

कञ्चनपुरमा लामो समयदेखि अनाथलयमा बस्दै आएका नाबालिकालाई यौन शोषण हुँदै आएको सुचना प्राप्त भएपछि प्रमुख चन्दलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायब उपरिक्षक चक्रबहादुर शाहले बताए।

नाबालिकासँग यौन शोषण हुने गरेको सूचना प्राप्त भएपछि महेन्द्रनगरको महाकाली बाल अनाथालयका प्रमुख चन्दलाई पक्राउ गरिएको उनले बताए । ‘अनाथलयका प्रमुखले पहिल्यैदेखि यस्तो काम गर्दै आएका रहेछन, एक नाबालिकाले यस्तो कुरा आफ्नो साथीसँग भनेपछि मात्र घटना बाहिर आएको हो’, उनले भने।

चन्दले अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया नाबालिकामाथि करणी गर्ने गरेको खुल्न आएको छ । पीडित बालिकाले यो विषय कसैलाई भन्न सकेकी थिएनन् । चन्दलाई मंगलबार पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...