
धनगढी । कुष्ठरोग लागेमा सम्बन्ध बिच्छेद गर्न पाइने कानुनी प्रावधान नै विडम्बना बनेको वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा. प्रियङ्का मैनालीले बताएकी छन् । ‘अहिले पनि कुष्ठरोग लागेकै कारण सम्बन्ध बिच्छेद गर्न पाइने प्रावधान छ । त्यही भएर हामीले सोचे जति मान्छेको सोचमा परिवर्तन आएको छैन’ । उनले भनिन् यो एउटा सर्ने रोग हो कीटाणुबाट सर्छ । त्यो हामीलाई सरेर आउँछ भनेर बुझ्नुपर्छ ।
‘पहिला र अहिलेमा फरक त भएको छ, पहिला रोग के हो नै थाहा थिएन । रोग के हो र? कसरी लाग्छ भन्ने नै थाहा थिएन दैव लागेको भगवानले सरापेको पुर्वजन्मको पापको फल पाएको भन्ने बुझाइ थियो । र अहिले आएर कीटाणुबाट सर्ने भन्ने कुरा लगभग सबैले बुझेको अवस्था छ । तर पहिलेको जस्तो घर वा गाउँ निकाला नगरेपनि छी छी र दूर दूर त कतिपय ठाउँमा अरिलेपनि कायम नै छ ‘।


