धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक एन्टिमाइक्रोबिएल रेजिस्टेन्स सम्बन्धी प्रदेश स्तरीय कार्यक्रम गरिएको छ।
प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र सुदूरपश्चिम प्रदेशको आयोजनामा कञ्चनपुर जिल्लाको स्वास्थ्य कार्यालयमा एन्टिवायोटिक लगायतका औषधिको समुचित प्रयोग तथा (एमआर) जनचेतना अभिवृद्धि सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।
‘एन्टिवायोटिक लगायतका औषधिको महत्त्वपूर्ण पाटो भनेको यो जेनेरेसन टु जेनेरेसनमा ट्रान्सफर हुँदै जान्छ’ उनले भने ‘तर त्यो एन्टिवायोटिकको पाटोमा चैँ हामीले मिसयूज कम गर्नुपर्छ र दोस्रो पाटो भनेको एन्टिवायोटिक नै गुणस्तर नभएपछि चैँ कसैले पनि काम गर्न छोड्यो’ यो समस्या सधैभरी रहिरहने भएकोले गर्दा खेरी एमआरको लागी आम नागरिकलाई सुसूचित गर्नुपर्ने र सरकारले पनि यसको नियमन र अनुगमन गर्नुपर्ने उनले बताए ।
कृषि, भेटनरी, पोल्ट्रि«, आयुर्वेद, चिकित्सक, शिक्षक, विद्यार्थी, पत्रकार, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयम् सेविका गरी ४३ जनाको उपस्थिति रहेको कार्यक्रममा एक स्वास्थ्य (वान हेल्थ) विश्व स्वास्थ्य सङ्गठनको उद्देश्य अनुरूप आम नागरिकहरूको स्वास्थ्य प्रवर्द्धन गर्नुपर्ने प्रमुख हेमराज खड्काले बताए ।
सुदूरपश्चिममा पहिलो पटक आयोजना गरिएको कार्यक्रम ९ वटै जिल्लामा गरिने प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र प्रमुख हेमराज खड्काले बताएका छन् । कैलाली पछि दोस्रो कार्यक्रम कञ्चनपुरमा गरिएको हो ।