स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको १३ लाख ८९ हजार रुपैयाँ नगदसहित भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

Gaurishankar Dental

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आइतबार बुद्ध एयरको विमानबाट काठमाडौंदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

उनको साथबाट एक हजार दरका चार सय ८४ थान र पाँच सय रुपैयाँ दरका एक हजार आठ सय १० थान गरी जम्मा १३ लाख ८९ हजार रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

अकवालमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...