Skin_Hospital_Dhn

आजको मौसम: चिसो सकिदै तापक्रम क्रमशः बढ्दै जाने

हाल मुलुकमा मा पश्चिमी वायुको प्रभाव केही दिनदेखि कायम नै रहेको छ। जसको प्रभावले तराईका विभिन्न भागमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भागमा आंशिक बदली भई हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति पनि प्रदेश १, बागमती, गण्डकीमा हल्का हिमपातको सम्भावना छ।

यो संगै जल तथा मौसम विज्ञान विभागले अब तापक्रम क्रमशः बढ्दै जाने बताएको छ । तापक्रम बढ्दै जाँदा चिसो घट्दै जानेछ।

सम्बन्धित
Loading...