Skin_Hospital_Dhn

भारतको झारखण्डमा आगलागी हुदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

भारतको झारखण्डमा भएको आगलागीमा परि १४ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा गएराती आगलागी भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीमा ज्यान गुमाउनेमा महिला र बच्चा रहेका छन् । उनीहरु विवाह समारोहमा सहभागी रहेको उल्लेख छ । आगलागीको समयमा भवनमा कति मानिस थिए भनेर खुलेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकले भवनमा फसेका केहिको उद्धार गरी आगो निभाएका छन् । आगलागीको कारण भने खुलेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको दुःख व्यक्त गरी घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

सम्बन्धित
Loading...