इन्टर मिलानले कोपा इटालियाको सेमिफाइनलको यात्रा तय गरेको छ । साविक विजेता इन्टर मिलानले क्वाटरफाइनलमा एटालान्टालाई १–० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
सान सिरोमा गएराति भएको खेलमा मिलानको जितमा माटेयो डर्मियानले गोल गरे । उनले खेलको ५७ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
सेमिफाइनलमा अब मिलानले युभेन्टस र लासियोबीच हुने खेलको विजेताविरुद्ध खेल्नेछ । युभेन्टस र लासियोबीचको क्वाटरफाइनल शुक्रबार हुनेछ ।