Skin_Hospital_Dhn

आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ ।
आज (बुधबार) नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ।

स्थायी समिति बैठक मंगलबार पनि बोलाइएको थियो। पार्टीको संगठनसम्बन्धी गृहकार्य नसकिएकाले आज पनि बैठक बस्न लागेको हो।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।

बैठकमा नेताहरूको कार्यविभाजनका विषयमा छलफल हुनेछ। बैठकले स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यलाई विभिन्न विभागको जिम्मेवारी दिनेछ।

बैठकमा राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

सम्बन्धित
Loading...