Skin_Hospital_Dhn

चोरी मुद्दाका फरार अभियुक्त ९ वर्षपछी पक्राउ

चोरी मुद्दामा अदालतबाट दोषी ठहर अभियुक्त पक्राउ परेका छन् । खोटाङमा जबरजस्ती चोरी मुद्दामा जिल्ला अदालत खोटाङबाट नौ वर्षअघि कैद सजाय तोकिएका केपिलासगढी गाउँपालिका–७ सुंदेल घर भई धरान मंगलबारे बस्ने ३२ वर्षीय धानिराम भन्ने धनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

हालसम्म फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । चोरी मुद्दामा राईलाई जिल्ला अदालतले २०७२ असोज २४ गते चार वर्ष एक महिना १५ दिन कैद सजाय तोकेको थियो । राईमाथि ओखलढुंगामा चोरी गरेको मुद्दा परेको थियो । अभियुक्तको ठेगाना खोटाङ भएकाले कारबाहीका लागि ओखलढुंगा प्रहरीले २०७२ सालमा खोटाङमा रेकर्ड पठाएको थियो ।

यस्तै, हलेसी मन्दिरको दान पेटिकाबाट नगद चोरी गरेको अभियोगमा इलाम साक्फारा नगरपालिका–७ कालापानीका २५ वर्षीय रुपेश राई पक्राउ परेका छन् । पक्राउ गरेर चेकजाँच गर्दा राईको साथबाट चार हजार ६९० रुपैयाँ र भारु एक हजार ८४५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । माघ १५ गते राती चोरीको अभियोग लागेका राई विरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...