
काठमाडौं ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार निगमलाई नयाँ मूल्यसूची प्राप्त भएको हो।

यसअनुसार खाना पकाउने ग्यासबाहेक सबै इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले महँगिएर आएको निगमले जनाएको छ । मटीतेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाई इन्धन लिटरमा ७ रुपैयाँ ५० पैसाले बढेर आएको छ।

भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । नयाँ मूल्यपछि निगम १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिएको स्रोतको दाबी छ ।
