
धनगढी ।
कैलालीका बालबालिकामा पनि दादुरा पुष्टि भएको छ । कैलालीको धनगढी उप—महानगरपालिकाका वडा नम्बर १ का दुई बालबालिकामा दादुरा पुष्टि भएको हो ।

लक्षण दुई हप्ता अघि देखिएको दादुरा बुधबारमात्र पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माले भने ।
दादुरा देखिएपछि अन्यमा सर्न नदिन उपमहानगरले खोप अभियान शुरू गरेको छ ।

वडा नम्बर— १ का तीन स्थानमा खोप केन्द्र राख्दै ६ महिनादेख १५ वर्षसम्मका बालबालिकालाई दादुरा रूवेला खोप लगाउन छुटेकालाई खोप लगाउन अनुरोध गरेको छ ।
