फेरी अर्को आत्मदाहको प्रयास

बागलुङ ।
एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बागलुङ जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।

जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्त गंगा बहादुर थापाले जानकारी दिए । जिसीले शरीरमा आगो लगाउँदा अनुहार लगायत विभिन्न अंगमा जलेको थापाले बताए ।

जिसीको धौलागिरी अस्पतालमा सामान्य उपचार पछि पोखरा रेफर गर्न थालिएको सुचना अधिकारी थापाको भनाइ छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

सम्बन्धित
Loading...