कामना सेवा विकास बैंकका सीईओ बस्नेतसहित चारजना पक्राउ
काठमाडौं ।
कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चारजना पक्राउ परेका छन् । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, वीरेन्द्र सिंह भण्डारी र चन्द्रबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुले विभिन्न फर्जी कम्पनीहरु खडा गरेर त्यसका नाममा ऋण दिइएको थियो । पक्राउ परेकामाथि बैंकिङ कसुरको मुद्दामा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्य केही व्यक्तिहरू भने फरा भएका छन् । इलाका प्रहरी कार्यालय दमकले यसबारे अनुसन्धान गरिरहेको बताइएको छ ।