आजको मौसम: तराईमा विहानीको समय हुस्सु कुहिरो लाग्नेक्रम जारी
काठमाडौं ।
मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव बाँकी रहेकाले देशको पहाडी भू-भागमा आंशिक बदली कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा विहानीको समय हुस्सु कुहिरो लाग्नेक्रम जारी नै छ ।
विभागका अनुसार पहाडी भू-भागमा सामान्य बदली रहे पनि बाँकी भू-भागमा मौसम सफा रहने छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा बदली रहने विभागको भनाइ छ । राति प्रदेश १, गण्डकी र बागमती प्रदेशमा सामान्य बदली रहनेछ ।
त्यस्तै भोलि २० गते शुक्रबार पनि पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिक बदली कायमै रहने छ ।
तराईमा केही ठाउँमा हुस्सु लाग्नेहुनाले जनजीवन प्रभावित रहनेछ । अझ साँझ र विहान चिसो कायमै रहेकाले त्यसबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।