काराबाओ कप फुटबलको फाइनलमा म्यानचेस्टर युनाईटेड

काठमाडौं ।
काराबाओ कप फुटबलको फाइनलमा म्यानचेस्टर युनाईटेड प्रवेश गरेको छ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघम फरेस्टलाई २–० ले हराउँदै समग्रमा ५–० को जितसहित युनाईटेड फाइनल पुगेको हो।

Kanun123

पहिलो लेगमा युनाईटेडले ३–० को अग्रता बनाएको थियो। दोस्रो लेगमा युनाईटेडका लागि एन्थोनी मार्सियल र फ्रेडले एक एक गोल गरे।

खेलको ७३ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाए। खेलको ७६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडको जित पक्का गरे।

अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग भिड्नेछ।

Kailali_mahotsab
सम्बन्धित
Loading...