
काठमाडौं ।
हिजोका लागी बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज (बिहिवार) बस्दैछ ।

हिजो (बुधवार) अन्तिम समयमा आएर स्थगित भएको बैठक आज बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बिहान ११ बजे बस्नेछ ।

मंगलबारका लागि बोलाइएको बैठक पार्टीको संगठनसम्बन्धी ‘होमवर्क’ नसकिएकाले हिजोका लागि सारिएको थियो ।
बैठकमा कार्यविभाजनमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । कार्यविभाजनसँगै बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।
