Skin_Hospital_Dhn

९ केजी सुनसहित क्यानेडियन नागरिक पक्राउ

काठमाडौं ।
विमानस्थलबाट ९ केजी सुनसहित क्यानेडियन नागरिकलाइ त्रिभुवन भन्सार कार्यालयले पक्राउ गरेको छ ।

विमानस्थल भन्सार कार्यालयले दुबईबाट जहाजमा आएका युएई मूलुकका क्यानेडियन नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति पक्राउ गरेको हो ।

मोहमदलाई ९ केजी १३५ ग्राम अवैध सुनसहित पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएको बताइएको छ ।

उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित
Loading...