कालंगा जलविद्युत परियोजना सञ्चालनमा आयो

धनगढी ।
कालंगा जलविद्युत परियोजना सञ्चालनमा आएको छ । सुदुरपश्चिमको सबैभन्दा ठूलो ३८.४६ मेगावाटको अपर कालंगा जलविद्युत परियोजना मंगलवारदेखि सञ्चालनमा आएको हो ।

कांलगा बेसिनका अध्यक्ष उमेश श्रेष्ठले परियोजनाको उद्घाटन गरे । उद्घाटनसंगै कालंगा जलविद्युत परियोजना केन्द्रिय प्रसारण लाईनमा जोडिएको छ । उद्घाटन अघि परियोजनाको परीक्षण गरिएको थियो । परीक्षण पूर्ण रुपमा सफल भएपछि परियोजनाको उद्घाटन गरिएको थियो ।

बझाङमा निर्मित कालंगा जलविद्युत परियोजना सुदूरपश्चिमको अहिलेसम्मकै सबैभन्दा ठूलो ३८.४६ मेगावाटको जलविद्युत परियोजना हो । यसअघि ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना दार्चुलामा निर्माण गरिएको थियो ।

सम्बन्धित
Loading...