

खलंगामा रवि लामिछानेले न्याय पाउनुपर्ने भन्दै एक जनाले आत्मदाहको प्रयास गरेका छन् । जुम्ला जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जनाले आत्मदाहको प्रयास गरेका हुन ।
कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका हुन । ४० वर्षीय कार्कीले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जुम्ला प्रहरीले जनाएको छ । कोलपुर नगरपालिका १० घर बताउने कार्की १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएका छन।
