सेयर बजार आज उच्च अंकले घट्यो
काठमाण्डौं ।
हिजो (बुधबार) सामान्य अंकले बढेको सेयर बजार आज उच्च अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज २२.१२ अंकले घटेर दुई हजार ९४.५४ विन्दुमा ओर्लिएको छ।
सबै समूहको सेयर घटेर बजार राताम्मे भएको दिन आज बिमा, विकास बैंक, माइक्रोफाइनान्स र जलविद्युत् समूहको सेयर उच्च अंकले ओरालो लागेको छ।
आज दुई सय ५७ वटा कम्पनीका ५८ लाख ९८ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब नौ करोड ६४ लाखबराबरको कारोबार भएको छ।
आज सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। समग्रमा बजार राताम्मे भए पनि आदर्श लघुवित्तको सेयर भने १० प्रतिशतले बढेको छ।