थुनामै राखेर मुद्दा पुर्पक्ष गर्न मागसहित लामिछानेबिरुद्ध दर्ता निवेदनमा शुक्रबार सुनुवाइ हुने

काठमाडौं ।
थुनामै राखेर मुद्दा पुर्पक्ष गर्न मागसहित क्रिकेटर सन्दिप लामिछानेबिरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको निवेदनमाथि भोलि (शुक्रबार) पहिलो सुनुवाइ हुने भएको छ।

मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदनको पेशी भोलि शुक्रबार तोकिएको हो ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental

दुई हप्ताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो।

नेपाल सरकारको तर्फबाट नायब महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने उल्लेख छ ।

पीडितको अवस्था र परिस्थितिलाई समेत उच्च अदालतले नजर अन्दाज गरेको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।

DHN_Aaglagi
सम्बन्धित
Loading...