काठमाडौँ: अहिलेकी चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन्।
उनले बुधबार बागलुङ निवासी प्रेमी विष्णु सापकोटासँग परम्परागत विधिबाट लगनगाँठो कसेकी हुन्। एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो। विवाह समारोहमा दुबै तर्फका साथीभाइ, आफन्त सहभागी छन्।
विष्णु एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका थिए। एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन्। विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन्।