Skin_Hospital_Dhn

लखनउमा भएको छैटौँ इन्टरनेशनल क्रिकेट लिगमा एसपीएलाई मोस्ट कोपरेटिभ अवार्ड

धनगढी । 
एसपीए कलेजले भारतको लखनउमा भएको छैटौँ इन्टरनेशनल क्रिकेट लिगमा मोस्ट कोपरेटिभ(सहयोगी) टिम अवार्ड जितेको छ ।
गिनिज बुकमा नाम लेखाएको विश्वप्रशिद्ध सिटी मन्टेश्वरी स्कुलको आयोजनामा लखनउमा बुधवार सम्पन्न लिगको समापन समारोहमा एसपीएले उक्त अवार्ड प्राप्त गरेको हो ।
प्रतियोगितामा सहभागी नेपाल, श्रीलङ्का, ओमान, जिम्बाबेसहित भारतका कलकत्ता, दिल्ली, पटना, हैदरावाद, मध्यप्रदेश, पन्जाबलगायत सहरका १५ टोलीलाई पछि पार्दै एसपीएले उक्त अवार्ड प्राप्त गरेको हो ।
मैदानभित्र र बाहिर उत्कृष्ट खेल भावना प्रदर्शन गरेको भन्दै एसपीएलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै एसपीए टोलीका प्रशिक्षक भागिराम बखरियाले यसले देशकै गौरव बढेको बताए ।
‘हामी यहाँ एउटा कलेज मात्रै नभएर नेपालकै प्रतिनिधित्व गरेका आएका थियौँ,’ उनले भने, ‘हामीले आफ्नो खेल भावनाको सम्मान गर्दै सहयोगीपन देखाएका छौँ । अवार्डले नेपालीहरू सहयोगी भावनाका हुन्छन् भन्ने सन्देश पुर्याउँन पनि सफल भएका छौँ ।’
लिग चरणमा दुई खेलमा हार ब्यहोरेपनि अन्तिम खेलमा सान्त्वना जित हात पारेको खेलमा एसपीएले कलकत्ताको साउथ इन्टरनेशनल स्कुललाई ११० रनले पराजित गरेको थियो ।
खेलको म्यान अफ द म्याच एसपीएका सौर्य श्रेष्ठ चुनिएका थिए । यस्तै उनले वेस्ट सिक्सेस अवार्ड पनि हात पार्नुभयो । त्यसबाहेक खेलको मोस्ट भ्यालुएबल प्लेयर एसपीएकै अजयसिह कडाल चुनिएका थिए ।
सम्बन्धित
Loading...