काठमाडौँ ।
नाउपाले फौजदारी अभियोगमा दोषी ठहर भएका सांसद अरुणकुमार चौधरीलाई २४ घन्टाभित्र छोड्न अल्टिमेटम दिएको छ । १० वर्ष अघि कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका अरुणकुमार बिहीबार बाँकेबाट पक्राउ परेका थिए ।
१० वर्षसम्म यो विषयमा कुनै केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै पार्टीले २४ घन्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले आज (बिहीबार) विज्ञप्ति जारी गर्दै २०६६ साल यता चौधरीले चारपटक चुनाव लडिसक्दा राज्यका निकायहरुले के हेरेका थिए भन्ने प्रश्न गरेका छन् ।
