शिद्धार्थ बैंकलाई निसर्गले स्वास्थ्य सेवामा छुट दिने

धनगढी ।
शिद्धार्थ बैंक लिमिटेडलाई निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. धनगढीले स्वास्थ्य सेवामा छुट दिने भएको छ । सम्झौता अनुसार अस्पतालबाट कुनै पनि सेवालिने बैंकका ग्राहकहरुले विशेष छुटको ब्यवस्था पाउने छन ।

Gaurishankar Dental

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष तिर्थराज पन्त तथा शिद्धाथ बैंकका शाखा अधिकृत नितेश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । दुवै पक्षबिच २०७९ माघ २० गतेबाट लागु भई एक वर्षको अवधि रहनेछ ।

निजी क्षेत्रवाट संञ्चालित स्वास्थ्य उपचार सेवाप्रदायक निसर्ग हस्पिटलले आफ्नो व्यापार प्रवद्र्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनका लागि सरल सेवादिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुसार सेवाउपलव्ध गराउँदै आएको छ ।

सम्बन्धित
Loading...