Skin_Hospital_Dhn

कञ्चनपुरमा स्कुटर दुर्घटना, दुई जना घाइते

कञ्चनपुर: कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। शुक्रबार दिउँसो जिल्लाको भीमदत्त नगरपालिका–२ भाँसी ब्यारेल नजिक सुपप्र ०२००४ प १९२६ नम्बरको स्कुटर दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर चालक भीमदत्त–३ की अन्दाजी २८ वर्षीया निलम अवस्थी र पछाडि सवार वेदकोट नगरपालिका–८ का २२ वर्षीय अकबर चौधरी घाइते भएका प्रहरीले जनाएको छ।

उनीहरू दुबै जनाको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए। उनले स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको बताए।

सम्बन्धित
Loading...