Skin_Hospital_Dhn

कञ्चनपुरमा औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव हुने

कन्चनपुर ।
कञ्चनपुरमा फागुन १ गतेदेखि औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव हुने भएको छ । ‘कृषि उत्पादन र स्वरोगार आर्थिक समृद्धिको आधार’ भन्ने मुल नारासाथ कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा महेन्द्रनगरस्थित खुुलामञ्चमा १४औँ संस्करणको सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुन लागेको हो ।

मेलाले यस क्षेत्रको आर्थिक गतिविधि बढाउनुका साथै स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने सङ्घका अध्यक्ष पिताम्बर जोशीले बताए । “मेलामा स्थानीय वस्तु तथा सेवा, पर्यटन, कलाको प्रवद्र्धन गर्ने उद्देश्य छ”, उनले भने, “लघुउद्यम, अटो प्रदर्शनी, कृषि गार्मेन्ट, बाल उद्यानसहित सुदूरपश्चिमको लोकसंस्कृति झल्किने प्रस्तुती गरिनेछ ।”

मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले बताए । “हामीले यहाँको स्थानीय उत्पादन र स्थानीय कला साहित्यको प्रवद्र्धनमा जोड दिएका छौँ”, उनले भने, “यसपटक मेलामा देउडा प्रतियोगिता राखेका छौँ ।” मेलामा तीन सय कक्ष रहनेछन् । मेलाको प्रति टिकटबाट रु एक छुट्याएर समाजिक काममा लगाउने सङ्घले जनाएको छ ।

महोत्सवबाट यस क्षेत्रको औद्योगिक, आर्थिक क्षेत्रको प्रवद्र्धन हुनुका साथै छिमेकी मुलुकबाट पनि मेला अवलोकन गर्न आउने अपेक्षा राखिएको उनले बताएका छन् ।

सम्बन्धित
Loading...