डडेल्धुरामा एक युवक मृत फेला नयाँ सन्देश प्रकाशित मितिः २०८१, बैशाख ९ सांकेतिक तस्वीर डडेल्धुरा: डडेल्धुरामा एक युवक मृत फेला परेका छन्। जिल्लाको परशुराम नगरपालिका–१० ढकानीका २० वर्षीय रमेश खाती मृत फेला परेका हुन्। आइतबार उनी घरको कोठामा पङ्खामा झुण्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।