व्यवसायी शाहीले बनाइदिए सुदूरपश्चिमकै आकर्षक विवाह मण्डप

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–३ मा रहेको जगदम्बा डिलासैनी भगवती मन्दिरको प्राङ्गणमा विवाह मण्डप निर्माण गरिएको छ।

गोदावरी नगरपालिका–५ का प्रतिष्ठित व्यवसायी गोपालबहादुर शाहीले व्यक्तिगत लगानीमा आकर्षक विवाह मण्डप बनाएका हुन्। हिन्दुधर्मालम्वीका सन्ततिको विवाह गराउन सहज होस् भन्ने उद्देश्यले विवाह मण्डप निर्माण गरिएको व्यवसायी शाहीले बताए।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

‘धर्म संस्कृतिको संरक्षण गर्नका लागि यो विवाह मण्डप निर्माण गरिएको हो। पार्टीप्यालेसहरूमा बिहे गर्दा खर्चिलो हुन्छ,’ उनले भने, ‘त्यसैले विवाह गर्दा खर्च कम होस् र पार्टीप्योलसको जस्तै सुविधासम्पन्न विवाह मण्डप बनाएका छौँ। साथै विपन्न परिवारलाई उनीहरूको सन्ततिको बिहे गराउन सहज होस् भन्ने उद्देश्य पनि हो।’

उनका अनुसार गतवर्षको पुस पहिलो सातादेखि निर्माण सुरु गरिएको थियो। चार महिनाको अवधिमा विवाह मण्डप निर्माण गरिएको व्यवसायी शाहीले बताए। उनले ४० लाख बढीको लगानीमा सुदूरपश्चिमकै आकर्षक विवाह मण्डप बनाइएको बताए। उनका अनुसार मण्डपमा विवाह र व्रतवन्धका शुभकार्य गर्न सकिनेछ। जसका लागि शुल्क एक हजार पाँच सय रुपैयाँ मात्रै तोकिएको छ।

Gaurishankar Dental

शाहीले गत मंसिरमा डिलासैनी भगवती मन्दिरमा लागेको महायज्ञमा विवाह मण्डप बनाउने संकल्प गरेका थिए। सोहीअनुसार उनले आकर्षक विवाह मण्डप बनाइदिएका हुन्।

‘मण्डप बनाउने संकल्प गरेपछि मैले सुदूरपश्चिममा रहेका सबै विवाह मण्डप हेरेको थिएँ। ती मण्डपभन्दा राम्रो बनाउछु भनेर मैले यहाँ विवाह मण्डपको छु,’ व्यवसायी शाहीले भने, ‘मण्डप बनाउनका लागि ठाउँ उपलब्ध गराइदिएकोमा मन्दिर व्यवस्थापन समितिलाई धन्यावद दिन्छु।’ उनले हिन्दुधर्मालम्वीलाई मण्डपमा आएर विवाह र व्रतवन्धलगायतका शुभकार्य गर्न आग्रह गरे।

डिलासैनी भगवती मन्दिरका पुजारी खेमराज अवस्थीले विवाह मण्डप निर्माण गरिदिएकोमा व्यवसायी शाहीलाई धन्यवाद दिए। उनका अनुसार बोराडाँडीमा २०३५ सालमा स्वर्गीय अग्नि विष्टले डिलासैनी भगवती मन्दिरको स्थापना गरेका हुन्। डिलासैनी भगवती मन्दिर दशैँ र चैते दशैँमा भव्य जात्रा हुने पुजारी अवस्थीले बताए।

‘चारैतिर एकदमै सुन्दर ठाउँमा डिलासैनी भगवती मन्दिर रहेको छ। मन्दिर लगभग पौने दुई विघामा रहेको छ,’ उनले भने, ‘अहिले यहाँ सुदूरपश्चिमकै आकर्षक विवाह मण्डप बनाइएको छ।’ शाहीले व्यक्तिगत लगानीमा बनाएको विवाह मण्डपजस्तो उत्कृष्ट सुदूरपश्चिममा अन्तकहीँ पनि नभएको पुजारी अवस्थीको दाबी छ।

‘सुदूरपश्चिममा यस्तो विवाह मण्डप कहीँ पनि छैन। म त पण्डितायी गर्ने मान्छे सबै विवाह मण्डपमा गएको छु,’ उनले भने, ‘पार्टीप्यालेसको भन्दा आकर्षक विवाह मण्डप उहाँ (शाही) ले यहाँ बनाइदिनुभएको छ।’ उनले विवाह मण्डपमा असारदेखि विवाह तथा व्रतवन्ध कार्य गरिने जानकारी दिए।

 

DHN_Aaglagi
सम्बन्धित
Loading...