Skin_Hospital_Dhn

भरुवा बन्दुकसहित कैलालीमा एक जना पक्राउ

धनगढी ।
चुरेबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कैलालीको चुरे गाउँपालिका–४ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले ४८ वर्षीय जब्बर रोक्का मगरलाई भरूवा बन्दुकसहित पक्राउ गरेको हो ।

प्रहरीले मगरको घर नजिकैको रूखको टोडकामा लुकाई छिपाई राखिएको अवस्थामा बन्दुक फेला पारेको थियो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...