Skin_Hospital_Dhn

आजको मौसम: तराईका भू-भागहरूमा हुस्सु, अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा

काठमाडौँ ।

हाल मुलुकमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन। अहिले देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । भने तराईका भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ।

जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसा प्रदेश नं. १ र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, आज राति प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

तराईका भू–भागहरूमा बिहानीपख लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

सम्बन्धित
Loading...