आज नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
काठमाडौं ।
आज दिउँसो १ बजे नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । नेताहरूको कार्य विभाजन र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । आजको बैठकमा खासगरी सत्ता गठबन्धनमा सामेल दल राष्ट्रिय स्वतन्त्र पार्टीसँगको विवाद र केन्द्रदीय विभागहरुको कार्य विभाजनहरुका विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि विहीबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए । अध्यक्ष प्रचण्डले पछिल्लो समय सत्ता गठबन्धनमा समस्या आएको नेताहरुलाई जानकारी दिएका थिए ।
सत्ता गठबन्धनमा रहेको रास्वपालाई गृहमन्त्री नदिँदा सरकार छाड्ने बताउँदै आएको छ ।
बिहीबार नै रास्वपाले आफूहरुलाई गृहमन्त्री नदिए सरकार छाड्ने चेतावनी दिइसकेको छ । तर प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरुले दुई दिनको समय माग गरेपछि रास्वपा तत्काल सरकार नछाड्ने अवस्थामा पुगेको हो । उक्त समयसीमा पनि आजै सकिँदै छ ।