Skin_Hospital_Dhn

साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोले पहिलो गोलसंगै अल नासर हारबाट जोगियो

काठमाडौं ।
साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोले पहिलो गोलसंगै अल नासर हारबाट जोगिएको छ।

गएराति अल फतेहसँग २ – १ गोलले पछि परेको अवस्थामा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। प्रिन्स अब्दुल्लाह स्पोर्टस् सिटी स्टेडियममा भएको खेलको १२ औँ मिनेटमा नै घरेलु टोली अल फतेहले खेलमा अग्रता लिएको थियो।

अल फतेहका लागि क्रिस्टियान टेलोले गोल गरेका हुन्। त्यसलगत्तै रोनाल्डोले गोल गरे पनि मान्यता पाएन। तर ४२ औँ मिनेटमा ब्राजिलियन खेलाडी तालिकाले गोल गर्दै खेललाई पहिलो हाफमा बराबरीमा ल्याए।

दोस्रो हाफमा फेरि घरेलु टोलीले अग्रता बनायो । ५८ औँ मिनेटमा सोफियान बेनडेब्काले गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पु¥याए। तर इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले पेनाल्टीमा गोल गरेका हुन्। खेल सकिन केही समय अगाडि तालिस्का रातो कार्ड पाएर मैदान बाहिरिएपछि अल नासर १० खेलाडीमा समेटिएको थियो।

यो नतिजापछि अल नासर तालिकाको शीर्ष स्थानमा उक्लेको छ। उसको १५ खेलबाट ३४ अंक छ। एक खेल बढी खेलेको दोस्रो स्थानको अल सबाबको समान ३४ अंक छ।

सम्बन्धित
Loading...