
धनगढी ।
लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सातौँ संस्करण धनगढीमा सुरु भएको छ ।
विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा साबिकविजेता सत्यवती एकेडेमी र लोटस आइइङ्लिस सेकेन्डरी स्कुलअत्तरियाले खेलेका थिए । खेलमा साबिकविजेता सत्यवती एकेडेमीले लोटस आइइङ्लिस सेकेन्डरी स्कुलअत्तरियालाई २८ रनले पराजितगर्दै सत्यवतीले विजयी सुरुवात गरेको हो।

धनगढी स्थित फाप्लाक्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । १ सय २७ रनको विजयलक्ष्य सहित मैदानउत्रिएको लोटस आइले १७.३ ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्रै बनाउन सक्यो । लोटस आइलाई आयुबचन्दले २३, प्रेम शाहले २२ र सुरेश रावलले १० रनको योगदान दिए । कसिलो बलिङ गरेका सत्यवतीका जीत साउदले ४ ओभरमा १७ रन खर्चिएर महत्त्वपूर्ण ४ विकेट लिए । अभिषेक कोइराला र प्रतिकश्रेष्ठले समान २/२ विकेट लिए ।

पहिलो पारीमा सत्यवतीकालागि गौतम केसीले अविजित ४८ र प्रतिक श्रेष्ठले २५ रन बनाए । बलिङ तथा ब्याटिङ दुवै तर्फ खराब प्रदर्शन गर्दा लोटस आई पहिलो खेलमै पराजित हुनुपरेको हो ।
लिटल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालनहुने प्रतियोगितामाआइतबार अतरियाको गुराँस एकेडेमी र धनगढीको वेष्टन क्रिष्टल एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा लिटल फ्लावर र कञ्चनपुरको होली फेमली इङ्लिस मिडियम स्कुल भिड्ने छन् ।
उद्घाटन खेल अघि सुदूरपश्चिमकाप्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिताको एक समारोहका बिच उद्घाटन गरेका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर तीनका वडा अध्यक्ष राजबहादुर ऐरले ब्याटिङ तथा प्रदेशप्रमुख जोशीले बलिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । सो क्रममा जोशीले खेलाडी तथा खेल क्षेत्रको विकासका लागि आधार तहबाटै खेलकुदलाई प्राथमिकतामा राखिनुपर्ने बताए । उद्घाटन सत्रमा नेपालक्रिकेट सङ्घ क्यानका सुदूरपश्चिम अध्यक्ष हरि रेग्मीले फाप्लाक्रिकेट मैदान निर्माण र लिटल फ्लावर प्रिमियर लिग जस्ता प्रतियोगितालाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । लिटल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले क्रिकेटको जग बलियो बनाउने यस्ता प्रतियोगिताप्रति सरकारको उदासीनता रहेको दुखेसो व्यक्त गरे ।
फागुन ६ गतेसम्म सञ्चालनहुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रप्रदानगरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रप्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफदीम्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येकविद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।
विद्यालयमा लुकेर रहेकाक्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिनतथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहितप्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ ।
