सडक चौडा पार्ने ठेक्का लिएको निर्माण कम्पनी सडक भत्काएर सम्पर्कविहीन

डोटी ।

सडक चौडा पार्ने ठेक्का लिएको निर्माण कम्पनी सडक भत्काएर सम्पर्कविहीन भएको छ ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental

डोटीको शिखर नगरपालिका—१० बानेडुग्रीसैन क्षेत्रको सडकको दायाँ बायाँ भत्काएर डाउन गरी लामो समयदेखि निर्माण कम्पनी सम्पर्कविहीन बनेको हो ।

केआइ सिंह राजमार्गअन्तर्गत पर्ने शिखर नगरपालिकाको बानेडुग्रीसैन क्षेत्रको सडकका खाल्डाखुल्डी भर्ने, सडकमाथि एक लेयर थप गर्ने र बजार क्षेत्रमा सडक चौडा गर्ने काम गर्न सडक डिभिजन कार्यालय कुलपाते दीपायल र आशीष कन्सट्रक्सन कम्पनी कैलालीबीच विसं २०७८ कात्तिक २६ मा ठेक्का सम्झौता भएको थियो ।

शिखर नगरपालिका–१० बानेडुग्रीसैनका स्थानीय नरेन्द्र विष्टका अनुसार सडक बनाउने भन्दै भत्काएर जाँदा समस्या उत्पन्न हुन थालेको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...