Skin_Hospital_Dhn

ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जना घाइते

धनगढी।
अत्तरियामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जना घाइते भएकी छन् । कैलालीको अत्तरिया चोकमा अम्बर आयल स्टोर अगाडी ना ५ ख २९२४ नम्बरको ट्रकले से ५ प ६९२ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार घोडाघोडीकी ३० बर्षीया चम्पा सुनार घाइते भएकी प्रहरीले बताएको छ। घाइते सुनारको पद्मा अस्पतालमा उपचार भइरहेको छ । उनको कम्मर मुनीको भागमा चोट लागेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

मोटरसाइकल चालक डोटीको बुडरका ३० बर्षीय लोकेश बिक भने सकुशल रहेको प्रहरीले बताएकोछ। ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

सम्बन्धित
Loading...