काठमाडौं ।
पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशको पहाडी भु–भागमा आंशिक बदली रही तराईका धेरै भु–भागहरुमा हुस्सु/कुहिरो लागेको छ ।
आज (आइतवार) जल तथा मौसम विभाग महाशाखाको अनुसार आज दिउँसा प्रदेश नं. १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली हुने सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले जनाएको छ ।
