
धनगढी ।
८ पटकसम्म साधारण तारिक र ६ पटक पेसी सरिरहेको कैलालीको टीकापुर घटनाको लागि पेसी तोकिएको छ। उक्त मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा आज पेसी तोकिएको हो । पटक—पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज बहस हुने जनाइएको छ।

प्रदेश सिमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो।

उक्त घटनामा रेशम चौधरी सहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । कैलाली जिल्ला अदालतले फैसला सुनाएको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।
रेशम पक्षमा कानुन व्यवसायीहरूले पुन फागुन १२ गते सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदनमाथि आज बहस हुने छ।
