
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज साढे ११ बजे बस्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएको थियो । उक्त सन्देशपस्चात रास्वपाको हिजो (शनिबार) राति बसेको बैठक निष्कर्षहिन बनेको हो ।

प्रधानमन्त्रीको नयाँ सन्देशसँग रास्वपाले आजको बैठकबाट नयाँ निर्णय लिनेछ । रास्वपाका सांसद सन्तोष परियारका अनुसार बैठक आइतबार बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्नेछ ।
बैठकले सरकारमा सहभागीता, मन्त्रालयको दाबी र सत्ता गठबन्धनको सहयात्राका विषयमा छलफल गर्ने सांसद सन्तोष परियारको भनाइ छ ।
