आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं ।
प्रतिनिधिसभाको वर्तमान संसद्को पहिलो अधिवशनको सातौँ बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।
सांसदहरूले बैठकमा त्यसअघि शून्य र विशेष समयमा विभिन्न विषयमा आफ्नो धारणा राख्ने छन् ।