एट्लेटिको मड्रिड अन्तिम १० मिनेट सम्हालिन नसक्दा बराबरीमा रोकीयो

काठमाडौं ।
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले रेलिगेसन क्षेत्रको गेटाफेसँग १–१ को बराबरी खेलेको छ । एट्लेटिको मड्रिड अन्तिम १० मिनेट सम्हालिन नसक्दा खेल बराबरीमा रोकीन पुगेको हो ।

Gaurishankar Dental

पहिलो हाफ गोलरहित बराबरी खेलेको एट्लेटिकोले ६०औँ मिनेटमा एन्जेल कोरेराको गोलबाट अग्रता लिएको थियो । तर, डिएगो सिमोनीको टिमले उक्त अग्रता जोगाउन सकेन । ८३औँ मिनेटमा इनेस युनालले पेनाल्टीमा बराबरी गोल फर्काए ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

घरेलु मैदानमा खेलेको एट्लेटिकोले बराबरीपछि २० खेलबाट ३५ अंक जोडेको छ । चौथो स्थानमा रहेको एट्लेटिको तेस्रो स्थानको रियाल सोसिडाडभन्दा चार अंकले पछाडि छ । शीर्ष क्लब बार्सिलोनाभन्दा १५ अंकले पछाडि छ । एट्लेटिकोले एक खेल बढी खेलेको छ । गेटाफे १८ अंका साथ रेलिगेसन क्षेत्रमा छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...