Skin_Hospital_Dhn

धनगढीको उत्तरबेहडीमा एउटै छानामुनी सबै सामान पाईने डिबी कम्प्लेक्स सञ्चालनमा

धनगढी ।
उत्तरबेहडीमा डिबी कम्प्लेक्स सञ्चालनमा आएको छ । कैलालीको धनगढी ४ उत्तरबेहडीमा करिब दश करोड भन्दा बढीको लगानीमा अत्याधुनिक भवन सहित डिबी कम्प्लेक्स सञ्चालनमा आएको हो ।

पछिल्लो समय ग्राहकले एउटै ठाउँमा सबै सामान खोजिरहेका बेला खोजेको सामान दिने उद्देश्यले कम्प्लेक्स सञ्चालनमा ल्याएको डिबी कम्प्लेक्सका अध्यक्ष संगम थापाले जानकारी गराउनुभयो ।

समयको पनि बचत हुने भएकाले ग्राहकहरूको मागलाई सम्बोधन गर्दै हामीले धनगढीमा डिबी कम्प्लेक्स सञ्चालनमा ल्याएका हौँ,’ अध्यक्ष संगमले भने, नयाँ वर्षमा कम्प्लेक्सको औपचारिक उद्घाटन गर्ने तयारीमा छौँ। यद्यपि माघ ४ गतेबाट भने हामीले सेवा दिन सुचारु गरिसकेका छौँ ।’

६ कट्ठा जग्गामा सुविधा सम्पन्न कम्प्लेक्समा उचित पार्किङको व्यवस्था,सेन्ट्रलाईज्ड एसी भएको,सिसी क्यामेरा भएको,२४ सै घण्टा सेक्युरिटीको व्यवस्था भएको, व्यापार गर्नको लागी पनि उचित स्थान भएको अध्यक्ष थापाले बताए ।

सम्बन्धित
Loading...