
बझाङ ।
बझाङमा वडाध्यक्षका छोराले सेती नदिमा हाम फालेर आत्महत्या गरेका छन्।

छबिस पाथिभेरा गाउँपालिका–४ का ३१ वर्षीय नरेश थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

सेतीमा हाम फालेर बेपत्ता भएका थापाले दुर्गाथली गाउँपालिका–२ झनाना नजिकबाट सेतीमा हाम फालेका थिए । प्रहरीका अनुसार हाम फालेको ठाउँबाट करिब १५० मिटर तल ढुंगाको कापमा थापाको शव फेला गरेको हो।
