Skin_Hospital_Dhn

जनआन्दोलन, जनयुद्धमा घाइते तथा अपाङ्गता भएका व्यक्तिका लागी स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सम्पन्न

धनगढी ।
लम्किचुहा नगरपालिका वडा नं. २ मा अवस्थित अपाङ्ग चेतना समाजको कार्यालयमा हिजो (शनिवार) जनआन्दोलन, जनयुद्धमा घाइते तथा अपाङ्गता भएका व्यक्तिका लागी स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ ।

लम्किचुहा नगरपालिकाको समन्वय तथा सामाजिक विकास मन्त्रालय, प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र सुदूरपश्चिम प्रदेशको आयोजनामा लम्किचुहा नगरपालिका वडा नं. २ मा अवस्थित अपाङ्ग चेतना समाजको कार्यालयमा जनआन्दोलन, जनयुद्धमा घाइते तथा अपाङ्गता भएका व्यक्तिका लागी स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको हो ।

प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख हेमराज खड्काको अध्यक्षता तथा लम्किचुहा नगरपालिका वडा नं ५ की वडा अध्यक्ष माया बिष्ठको प्रमुख आतिथ्य र अपाङ्ग अ‍ेतना समाज लम्किका अध्यक्ष प्रेम बहादुर वयकको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा आयुर्वेद चिकित्सक डा. दुर्गा प्रशाद ढुङ्गानाद्वारा २२ जना जनआन्दोलन, जनयुद्धमा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था जाँच तथा स्वस्थ जीवनशैलीका लागी स्वास्थ्य व्यवहार सम्बन्धी परामर्श सँगै आयुर्वेद औषधिबाट उपचार गरिएको थियो ।

स्वास्थ्य परीक्षणमा १३ जनामा शारीरिक समस्या तथा ४ जनामा पेटको रोग तथा अन्यलाई मानसिक तनावका बिरामी साथै १ जना उच्च रक्तचापको बिरामी पाइएको थियो ।

कार्यक्रममा औषधि, उपचार, चेकजाँच, परीक्षण तथा परामर्श निःशुल्क रूपमा वितरण सुदूरपश्चिम प्रदेश सरकारको स्वीकृत कार्यक्रमबाट गरिएको थियो । कार्यक्रममा बोल्दै वडा नं. ५ की वडा अध्यक्ष माया बिष्ठले राज्यले अपाङ्गता भएका तथा जनआन्दोलन, जनयुद्धमा घाइतेहरुलाइ उपेक्षा गरेको मुलप्रवाहिकरणमा ल्याइ प्रदेश तथा स्थानीय तहको समन्वयमा थप शिपमुलक, रोजगारमूलक र नियमित स्वास्थ्य जाँच कार्यक्रम गर्नुपर्ने बताइन् ।

कार्यक्रममा आयुर्वेदिक स्वास्थ्य उपचार तथा अन्य स्वास्थ्य प्रवर्द्धनात्मक सेवाबाट सेवाग्राही लाभान्वित भएका थिए ।

Loading...