Skin_Hospital_Dhn

लिटल फ्लावर प्रिमियर लिगः आयोजकको विजयी सुरुवात

धनगढी ।
धनगढीमा जारी राष्ट्रिय टी–२० लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा आयोजकले विजयी सुरुवात गरेको छ । आज (आइतवार) धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा कञ्चनपुरको होली फेमिली इङ्लिस मिडियम स्कुल भीमदत्तनगरलाई ७ विकेटले पराजित गर्दै लिटिल फ्लावरले विजयी सुरुवात गरेको हो।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको होली फेमिलीले १७ दशमलज ७ ओभरमा १० विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो । ६० रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले ७ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायो । आयोजक टिमका नरेन भट्टले अविजित २४ र कप्तान विपिन रावलले ११ रनको पारी खेले । होली फेमिलीकालागि नेहाल दमाई, अरुन राना र विरेन बमले १÷१ विकेट लिए।

लिटल फ्लावरका सुबोध तिवारीले २ दशमलव ५ ओभर बलिङ गर्दै ७ रन खर्चिएर ३ विकेट लिए । रोशन रावल, आशिस शाहु र अनुराग सिंहले समान २÷२ विकेट लिए । लिटल फ्लावरका बलर सामु होली फेमिलीकाअरुन रानाले २२ र अभिषेक कार्कीले १८ रन बनाएका थिए भने अन्यको स्कोर सम्झनलायक थिएन।

खेलको प्लेयर अफदीम्याच लिटल फ्लावरका सुबोध तिवारी चुनिए । उनले २ हजार नगदसहित ट्रफी प्राप्त गरे।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उप विजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उदयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित
Loading...