
काठमाडौँ ।

हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

प्रदेश १, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ।
राति पहाडी भागमा सामान्य बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ । प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भागमा राति पनि हिमपात हुने महाशाखाले जनाएको छ।
