Skin_Hospital_Dhn

स्पेनिस ला लिगा : बार्सिलोनाद्धारा सेभिया पराजित

काठमाडौं ।
स्पेनिस ला लिगामा गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३–० ले पराजित गरेको छ।

दोस्रो स्थानको रियाल मड्रिडसँग शीर्ष स्थानको बार्सिलोनाले अंक दूरी बढाएको छ। घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले एकपक्षीय खेल प्रदर्शन गरेको थियो । पहिलो हाफमा दुबै टिम गोलबिहीन रहे ।
दोश्रो हाफको ५८ औँ मिनेटमा जोर्डी अल्बाको गोलबाट बार्सिलोनाले अग्रता लीयो । ७० औँ मिनेटमा गाभीले गोल गर्दै अग्रता दोब्बर बनाए । ७९ औँ मिनेटमा राफिन्हाले गोल गर्दै जित सुनिश्चि गरे।

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियाल मड्रिडसँग अंक दूरी ८ बनाएको छ। बार्सिलोनाको २० खेलमा ५३ अंक छ । दोस्रो स्थानको रियालको समान खेलमा ४५ अंक छ।

गएराति रियालले भने मियोर्कासँग १–० को हार व्यहोरेको थियो।

सम्बन्धित
Loading...